नेकपा सचिवालय बैठक आज पनि

काठमाडौं– नेकपा सचिवालयको बैठक आज बस्दै छ । यस अघिको बैठकमा प्रस्तुत एजेण्डाहरु छिटो निष्कर्षमा पुर्याउन थप गृहकार्य गर्न पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई अध्यक्षबीचको अघिल्लो बैठकमा प्रस्तुत बैठकको कार्यसूची र कार्यान्वनको मोडालिटीका बरेमा छलफल भएको बताइएको छ ।

सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनदेखि पार्टी एकीकरणका बाँकी काम एव संवैधानिक र राजनीतिक नियुक्तिका विषयमा सरकारलाई निर्णय लिन कसरी सजिलो पार्ने लगायतका विषय समावेश गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.