देशभर वर्षा
असोज १० गतेसम्म देशभरका नदीमा बहाव उच्च हुन सक्छ : बाढी पूर्वानुमान महाशाखा
काठमाडौं– अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापीय क्षेत्र पश्चिम(उत्तरपश्चिमतर्फ सरिरहेको छ । दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रही देशका घेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सबै प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
यसैगरी आज राति पनि देशभर बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् राजु प्रधानाङ्गका अनुसार मनसुन अन्त्य हुने औसत समय सकिए पनि उक्त प्रणालीको प्रभावले अबको केही समय पुनः मनसुन सक्रिय हुने भएको छ ।
यसैबीच बाढी पूर्वानुमान महाशाखाले असोज १० गतेसम्म देशभरका नदीमा बहाव उच्च हुने जनाएको छ । पानीको सतह सतर्कताको चिह्नभन्दा तलै हुने भए पनि सामान्यावस्थाबाट एक्कासि बढ्ने सम्भावना रहेकाले सम्भावित क्षतिबाट जोगिन असोज ११ गतेसम्म नदी तटीय क्षेत्रका क्रियाकलाप नगर्न महाशाखाले अनुरोध गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्