लुम्बिनीमा तीन सय भन्दा बढी विज्ञकाे सम्मेलन हुने

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्व शान्तिभूमि लुम्बिनीलाई संसारभर परिचित गराउन ९ जना नोबल पुरस्कार विजेता सहित ३ सयभन्दा धेरै विज्ञ सम्मिलित विशेष सम्मेलन गर्न लागिएको बताउनुभएको छ।
‘बालबालिका, विकास र शान्तिको लौरियट्स एण्ड लिड्र्स चौथो शिखर सम्मेलन’ले लुम्बिनीको विकास र बुद्धभूमिबारे थप प्रचारप्रसार हुने बताउनुभयो।
लुम्विनी प्रदेश सरकारको आयोजनामा फागुन २८ र २९ गते बुद्धभूमिमा लुम्बिनीमा हुने सम्मेलनबारे जानकारी दिन आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री चौधरीले सम्मेलनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय रूपमा बुद्धका करुणा, अहिंसा र शान्तिका सन्देश प्रचार प्रसारमा ठूलो टेवा पुर्‍याउने बताउनुभएको हो ।

सम्मेलनमा विभिन्न देशका ९ जना नोबेल शान्ति पुरस्कार विजेताहरू लुम्बिनी आउने निश्चित भइसकेको छ । सम्मेलनमा विभिन्न देशका २०० भन्दा बढी विकास साझेदार सहित ३ सयभन्दा धेरै सहभागी हुने छन् ।
नोबेल पुरस्कार विजेताहरूलाई पाल्पा, अर्घाखाँचीको सुपादेउराली, प्यूठानको स्वगद्धारी र बर्दिया राष्ट्रिय निकुञ्जसमेत लैजाने तयारी छ ।
सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने पनि मुख्यमन्त्री चौधरीले जानकारी दिनुभयो । १० वटा कार्यपत्र समेत प्रस्तुत हुने सम्मेलन मायादेवी मन्दिर परिसरबाट घोषणापत्र जारी गर्दै सकिने छ ।
सम्मेलनले बालबालिकामाथि हुने हिंसा, बालश्रम, बालविवाह र बालबालिका बेचबिखनलाई नियन्त्रण एवं न्यूनीकरण गर्दै लुम्बिनीमा लगानी प्रवर्द्धनको वातावरण बनाउने विश्वास मुख्यमन्त्री चौधरीले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.