राष्ट्रपति पौडलद्वारा पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा

काठमाडौ- राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा पूजा गर्नुभएको छ। राष्ट्रपति पौडेल वेलुका पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा गर्नुभएको हो। शिवरात्रिमा राष्ट्राध्यक्षले पशुपति नाथ मन्दिरको दर्शन तथा पूजा गर्ने प्रचलन रहेको छ।  पूजा आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्टबाट राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुभयो।

राष्ट्रपति पौडेल पशुपतिनाथ मन्दिर प्राङ्गणमा आउँदा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, कोषका सदस्य सचिवलगायतले स्वागत गर्नुभएको थियो।

पशुपतिनाथ मन्दिरमा अहिले पनि दर्शनका लागि हजारौंको सङ्ख्यामा भक्तजन लामबद्ध छन्। महाशिवरात्रिको अवसरमा  शुक्रबार बिहान ३ बजेदेखि चारवटै ढोका खुला राखिएको छ। दिउसो तीन बजे सम्म चार लाख बढी भक्तजनहरुले दर्शन गरेको पशुपति विकास कोषले जनाएको छ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने परम्परा छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.