जर्मनीका आन्द्रे सुरलेले लिए फुटबलबाट सन्यास

२ साउन, काठमाडौं । जर्मनीका लागि फिफा विश्वकप जितेका फरवार्ड आन्द्रे सुरलेले फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् ।

जर्मन मिडफिल्डर सुरलेले शुक्रबार २९ वर्षको उमेरमै व्यवासायिक फुटबलबाट सन्यास लिएको घोषणा गरेको डेली मिररले जनाएको छ ।

जर्मन पब्लिकेसन स्पागेलसँगको अन्तर्वार्तामा उनले सन्यासको बारेमा भनेका छन् ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको उपाधि जित्दा उनी जर्मनी टिमको सदस्य थिए । जर्मनीले फाइनलमा अर्जेन्टिनालाई पारजित गर्दै उपाधि जितेको थियो । उनले मारियो गोत्जाको गोलका लागि असिस्ट गरेका थिए । सुरलेले जर्मनीका लागि ५७ खेलमा २२ गोल गरेका छन् ।

सुरलेले बुधबार मात्र जर्मन क्लब बोरुसिया डर्टमण्डसँगको सम्झौता अन्त्य गरेका थिए । उनले प्रिमियर लिग क्लब चेल्सीबाट समेत दुई सिजन खेलेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.