म्यानचेस्टर सिटीको फराकिलो जित

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले रेलिगेशनको खतरामा रहेको वार्टफोर्डमाथि ४-० को फराकिलो जित निकालेको छ ।

सिटीका लागि ३१औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका राहिम स्टर्लिङले ४० औँ मिनेटमा पनि अर्को गोल थपेका थिए । यस्तै फिल फोडेन र एम्रिक लापोर्टेले दोस्रो हाफमा एक- एक गोल गरे ।

गएराति नै भएको अर्को खेलमा रेलिगेशनमा पर्ने पक्का देखिएको एस्टन भिलाले आर्सनललाई शून्यका विरुद्ध एक गोलले पराजित गरेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.