मुलुकभर मनसुन कमजोर बनेपनि जोखिम अझै छः मौसम बिभाग

आज पनि केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौं- मुलुकभर मनसुन कमजोर बन्दै गएपनि जोखिम अझै टरी नसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अझै पनि मनसुनी वायु नेपाल भित्रिने क्रम जारी रहेको जनाउदै विभागले अहिले पनि देशभरको मौसममा आँशिकदेखि सामान्य बदली रहेको जनाएको छ ।

अहिले वर्षा गराउने न्यूनचापीय रेखा केही दक्षिणतर्फ सरेको भएपनि नेपालको पूर्वी भेग नजिक रहेकाले रातिको समयमा मनसुन केही सक्रिय हुने देखिएको मौसमविद् शान्ति कँडेलले बताउनुभयो ।

साउन ४ र ५ गतेको जस्तो लगातार वर्षा नभएपनि अझै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । आज पनि देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ र प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ठूला नदीहरुमा जल सतह घट्ने र केही ठूलो बाढीको जोखिम नरहेको पनि बाढी पुर्वानुमान महाशाखाले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.