बहुमत अल्पमतका आधारमा निर्णय हुँदैनः नेकपा प्रवक्ता

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीका निर्णय सहमतिमा हुने बताउनुभएको छ ।

स्थायी कमिटीका नेताहरुको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले आफूहरु सहमतिमै निर्णय गर्ने जानकारी दिनुभयो । ‘अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिमा बैठक बोलाउन अर्का अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मेवारी दिएका छौं,’ उहाँले भन्नुभयो, ‘बहुमत अल्पमतका आधारमा निर्णय गर्ने पक्षमा छैनौं ।’

मंगलबार बोलाइएको स्थायी कमिटी बैठक बिहान नै स्थगित भएपछि उपस्थित नेताहरुको बैठक बसेको थियो ।

बैठकमा २९ जना स्थायी कमिटी सदस्य र दुई आमन्त्रित सहभागी भएको श्रेष्ठले दाबी गर्नुभयो ।

बैठकले अन्तिम समयमा स्थायी कमिटी बैठक एकतर्फी स्थगित गर्नु उचित नभएको ठहर गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.