कालिकोटको पहिरोमा परी एकै परिवारका ७ जना सहित ९ जनाको मृत्यु

रास्कोटमा बाढीले बगाएका ५ जना अझै बेपत्ता

कालिकोट- कालिकोटको नरहरिनाथ गाउँपालिकाको वडा नम्बर ७ बागामा पहिरो जाँदा एकै परिवारका सात जना समेत ९ जनाको मृत्यु भएको छ । गएराति ६२ वर्षीय गंगे बुढाको घरमा पहिरो खस्दा पहिरोले पुरिएर सात ६ र एक जनाको उपचारका क्रममा मृत्यू भएको हो ।

मृत्यु हुनेमा गंगेसहित उहाँकी श्रीमती ६२ वर्षीय मैना बुढा, २४ वर्षीय बुहारी उषा बुढा, १० वर्षीय नातिनी चन्द्रिका बुढा, नातीहरु ७ वर्षीय राम बुढा र डेढ वर्षीय चरित्र बुढा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी श्यामबाबु ओलियाले जानकारी दिनुभयो । उहाँकाअनुसार पहिरोमा परेर गम्भीर घाइते भएकी १८ वर्षीया विमला बुढाको कुमाल स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै, नरहरीनाथ ४ माझगोठमा पहिरोले घर भत्किदा ६५ वर्षे बाले बुढा र उहाँकी श्रीमती ६२ वर्षीय मन बुढाको मृत्यु भएको डिएसपी ओलियाले जानकारी दिनुभयो । पहिरोले घर बगाउने समयमा चार जना भाग्ने क्रममा घाइते भएको प्रहरीको भनाई छ ।

घरमा पुरिएकाहरु ९ जनाको शव प्रहरी र स्थानीयहरुको सहयोगमा निकालिएको डिएसपी ओलियाले बताउनुभयो । मंगलबार विहान रास्कोट नगरपालिका–१, बडलतोलामा गंगे खहरे खोलाको बाढीले बगाएर वेपत्ता भएका पाँच जनाको शव अझै भेटिएको छैन ।

उनीहरुको खोजीका लागि कालिकोटबाट थप प्रहरीको टोली घटनास्थल पठाइएको डिएसपी ओलियाको भनाई छ । पहिरोले कर्णाली राजमार्ग र कर्णाली कारिडोरको दर्जनबढी ठाउँमा पहिरो जाँदा सवारी आवागमन समेत अवरुद्ध भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.