इन्टर मिलान र एटलान्टा विजयी

इटालियन फुटबल लिग सिरी ए अन्तर्गत गएराति भएका खेलहरुमा इन्टर मिलान र एटलान्टा विजयी भएका छन् ।

हाल दोस्रो स्थानमा रहेको इन्टर र तेस्रो स्थानमा रहेको एटलान्टा बीचको फरक मात्र एक अंक रहेको छ । इन्टरले आफनो घरेलु मैदानमा सातौं स्थानमा रहेको नेपोलीलाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्दै दोस्रो स्थानमा कायमै राखेको छ । इन्टरका लागि पहिलो गोल ११ औँ मिनेटमा ड्यानिलो डी एम्ब्रोसियो गरे भने ७४ औँ मिनेटमा लोटोरो मार्टिनेचले दोस्रो गोल थपे ।

हिजै भएको अर्को खेलमा एटलान्टाले एघारौँ स्थानमा रहेको पार्मालाई एकका विरुद्ध दुई गोलले हरायो । दुई खेल अगावै लगातार नवौँ पटक लिगको विजेता बनेको यूभेन्ट्सको ८३ अंक रहेको छ । इन्टरको ७९ अंक छ भने एटलान्टाले ७८ अंक जोडेको छ । चौथो स्थानको लात्सियोको ७५ अंक छ ।

लिग सकिन अब केही खेलहरू बाँकी रहेको अवस्थामा यी तीन क्लबहरूबीच उपविजेता बन्ने भिडन्त चलिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.