फिफा अध्यक्षविरुद्ध छानबिन सुरु

विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फ्यान्टिनोविरुद्ध स्वीश कानुनी अधिकारीहरूले छानबिन शुरु गरेका छन् ।

स्वीजरल्याण्डका महान्याधिवक्ता माइकल लोबरसँग गोप्य भेटवार्ता गरेको अभियोगमा इन्फ्यान्टिनोविरुद्ध कानुनी कारबाही अगाडि बढाइएको हो । फिफामा भएका भ्रष्टचारसम्बन्धी मुद्दाहरूको स्वीस महान्याधिवक्ताको कार्यालयले अनुसन्धान गरिरहेको छ । लोबरले इन्फ्यान्टिनोसँग गरेको भेटबारे ढाकछोप गर्न कोसिस गरेको र सो विषयमा अनुसन्धानमा संलग्न अधिकारीहरुलाई ढाँटेको स्वीस अदालतले जनाएपछि लोबरले गत साता नै महान्याधिवक्ताको पदबाट राजीनामा दिनुभएको थियो ।

तर लोबर र इन्फ्यान्टिनो दुवैले आफूहरूले केही गलत नगरेको बताउनुभएको छ । छानबिन प्रक्रियामा इन्फ्यान्टिनो र फिफा दुवैले पूर्ण सहयोग गर्ने फिफाले बताएको छ । फिफाको मुख्यालय स्वीश शहर ज्यूरिखमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.