भदौ पहिलो साताबाट राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सुरु गर्ने तयारी

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले भदौ पहिलो साताबाट राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सुरु गर्ने तयारी थालेको छ ।

सरकारले लकडाउन अन्त्य गर्दै भदौ १ गते बाट अन्तर्राष्ट्रिय खेलहरूलाई प्रशिक्षणको अनुमति दिएपछि क्यानले क्रिकेट टोलीको प्रशिक्षण सुरू गर्ने तयारी गरेको हो । कोरोनाभाइरसको संक्रमण रोक्नका लागि सरकारले लकडाउन लागू गरेपछि गत चैतदेखि क्रिकेट गतिविधिहरू ठप्प रहेका थिए। तर कोरोनाभाइरस रोकथामसम्बन्धी सरकारले बनाएको सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै क्यानले क्रिकेट प्रशिक्षण सुरु गर्न लागेको हो ।

क्यानले खेलाडी र त्रिवि मैदानका कर्मचारीको पीसीआर परीक्षण गर्ने तयारी समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.