साग विजेतालाई कांग्रेसको नगदसहित सम्मान

काठमाडौं– गत मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदक विजेता खेलाडीलाई नेपाली कांग्रेसले आज नगदसहित सम्मान गरेको छ ।

कांग्रेसको खेलकुद विभागले सानेपास्थित पार्टी कार्यालयमा एक कार्यक्रममको आयोजना गरी सागमा स्वर्णविजेता खेलाडीलाई सम्मान गरेको हो । विभागले एक स्वर्ण विजेतालाई १० हजार, दुई स्वर्णलाई १५ हजार र चार स्वर्ण जित्नेलाई २५ हजारबाट सम्मान गरेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पदक विजेता खेलाडीलाई सम्मान प्रदान गर्नुभएको हो ।काठमाडौं पोखरा र जनकपुरमा भएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदक गरी २ सय ७ पदक जितेको थियो ।

नेपालले व्यक्तिगत र समूहगत गरी १३ वटा खेलमा स्वर्ण पदक जितेको थियो । कार्यक्रममा सभापति देउवाले स्वस्थ नेपाल निर्माणमा खेल र खेलाडीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

यसैगरी राष्ट्रिय खेलकूद परिषदका सदस्यसचिव रमेश सिलवालले खेलाडीहरुको योगदानको कदर गर्न आफू प्रतिवद्ध रहेको बताउनुभयो । त्यस्तै आत्मसम्मान र प्रोत्साहनका लागि खेलाडीलाई सम्मान गरिएको खेलकुद विभागका संयोजक मोहन बस्नेतले बताउनुभयो ।

सोही अवसरमा संयोजक बस्नेतले टोकियो ओलम्पिक छनोटको तयारीमा रहेको खेलाडीको कोरोना बिमा गरिदिने घोषणासमेत गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.