विश्वास टुट्न दिने छैन: राखेप सदस्यसचिव सिलवाल

काठमाडौं- राष्ट्रिय खेलकूद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवालले जुन विश्वासका साथ आफूलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ, त्यो विश्वासलाई कहिले टुट्न नदिने बताउनुभएको छ ।

नेपाल भलिबल सङ्घले उहाँँकै सम्मानमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा सदस्यसचिव सिलवालले भन्नुभयो, “खेलकूदको विकासका लागि जुन विश्वासका साथ मलाई नियुक्ति गरिएको छ, त्यसमा इमानदार भएर अगाडि बढ्नेछु ।

आफूलाई पुनः जिम्मेवारी दिएकामा नेपाल सरकार, खेलकूद मन्त्रालय र सदस्यसचिव सिफारिस समितिलाई धन्यवाद दिन चाहन्छु भन्दै उहाँले त्यो विश्वासलाई टुट्न नदिने विश्वास दिलाउनुभयो ।

सदस्यसचिव सिलवालले राष्ट्रिय खेल भलिबलको एउटा छुट्टै कभर्ड हल पनि नहुनु दुःखको कुरा भएको बताउँदै आफ्ना तर्फबाट त्यसका लागि पहल शुरु भइसकेको बताउनुभयो ।

सो अवसरमा सदस्यसचिव सिलवालसहित राखेपका नवनियुक्त सदस्यद्वय रिमबहादुर रानाभाट र इन्दिरा निरौलालाई पनि नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्र चन्दलगायत पदाधिकारीले बधाई दिँदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिनुभएको थियो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.