फुटबलमा जानाजान विपक्षी खेलाडीतर्फ फर्केर खोकेमा रातो कार्ड दिइने

काठमाडौं- फुटबल खेलका क्रममा कुनै पनि खेलाडीले जानाजान अन्य खेलाडीहरूतर्फ फर्केर खोकेमा रातो कार्ड दिइन सक्ने बेलायती फुटबलको नियामक निकाय- फुटबल एसोसियन र फुटबलसम्बन्धी कानुन तर्जुमा गर्ने अन्तर्राष्ट्रिय संगठन- आईएफएबी ले बताएका छन् ।

खेल संचालनमा आबद्ध अधिकारीहरूतर्फ फर्केर खोकेमा पनि यो खेल मैदानबाट बाहिर पठाइनेछ। विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस संक्रमणका कारण यस्तो नयाँ नियम ल्याइएको हो ।

फुटबलमा गम्भीर प्रकारका गल्ती गर्ने खेलाडीहरुलाई रेड कार्ड दिइने गरिन्छ जसकारण ती खेलाडीले खेललाई निरन्तरता दिन पाउँदैनन् र उनी आबद्ध टोली १० खेलाडीमै सीमित रही खेल्नुपर्ने हुन्छ ।

अब खेलका दौरान कसैको नजिक गएर जानाजान खोक्ने कार्य अपमानजनक, गालीबेइज्जती वा अशिष्ट भाषा र इशाराहरू गर्ने गल्ती सरह मानिने पनि आईएफएबीले जनाएको छ। ती खेलाडीलाई साँच्चै नै खोकी आएको वा जानजान गरेको भन्ने निर्क्यौल गर्ने अधिकार रेफ्रीमा निहीत हुने पनि जनाइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.