यूएफा यूरोपा लिगका खेलहरू आजबाट शुरू

काठमाडौं- यूएफा यूरोपा लिग आजबाट शुरू हुँदैछ। यूरोपेली फुटबलको सर्वोच्च निकाय यूएफाले आयोजना गर्ने लिग कोरोनाभाइस महामारीका कारण पाँच महिना पछाडि धकेलिएको थियो ।

आज राति चार खेलहरु हुँदैछन् । पहिलो खेल जर्मन क्लब वुल्भ्सवर्ग र युक्रेनी क्लब शक्खतर डोनेस्कबीच हुँदैछ । आजै हुने अन्य खेलहरूमा ईटालियन क्लब ईन्टर मिलान र स्पेनी क्लब गेटाफे भिड्दैछन् ।

त्यस्तै अर्को खेलमा इङ्लिश क्लब म्यान्चेस्टर यूनाइटेड र अष्ट्रियन क्लब LASK खेल्दैछन् । यही शुक्रबारबाट शुरू हुने च्यापियन्स लिगमा स्वेदशी लिगमा शीर्ष चार स्थान हासिल गरेका यूरोपेली क्लबहरू भिड्दै छन् ।

च्यापियन्स लिगको फाइनल खेल पोर्चुगलको लिस्बोनमा अगस्ट २३ मा हुँदैछ भने यूरोपा लिगको फाइनल खेल त्यसको अगस्ट २५ मा जर्मनको कोलोनमा आयोजना हुने तय भएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.