क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेड र इन्टर मिलान

युरोपा लिग फुटबल

काठमाडौं– युरोपा लिग फुटबलको क्वाटरफाइनलमा म्यानचेस्टर युनाइटेड र इन्टर मिलान पुगेका छन् ।

अन्तिम १६ को दोस्रो लेगमा अस्ट्रियन लास्कलाई एक विरुद्ध २ गोलले हराउँदै ७–१ को जितसहित युनाइटेड अन्तिम ८ मा पुगेको हो । सेमिफाइनल प्रवेशका लागि युनाइटेडले एफसी कोपनहेगनसँग प्रतिस्पर्धा गर्ने छ । यसैगरी इस्तानबुल बासाक्सेहिरलाई समग्रमा ३–१ ले पराजित गरेर कोपनहेगनले पनि अन्तिम ८ मा स्थान बनाएको छ ।

युरोपा लिगको बुधबार नै भएको अर्को खेलमा इन्टर मिलानले गेटाफेलाई शून्यका विरुद्ध २ गोलले पराजित गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.