भारतमा हिजो एकैदिन करिव ८३ हजार संक्रमित थपिए

काठमाडौं- भारतले कोरोना भाइरस संक्रमणको अहिलेसम्मकै उच्च दैनिक संक्रमणको नयाँ रेकर्ड बनाएको छ ।

बितेको २४ घन्टामा भारतमा ८३ हजार नजिक नयाँ संक्रमित थपिएका छन् । यो संख्या कोरोना भाइरसको विश्वव्यापी महामारी शुरु भएपछिकै सबैभन्दा उच्च दैनिक संक्रमण हो ।

यसअघि अमेरिकाको एकै दिनको ७८ हजारको दैनिक संक्रमणको रेकर्ड भारतले नै तोडेको थियो । पछिल्लो समय भारतमा कोरोना संक्रमण तीब्र गतिमा बढिहरेको छ । भारतमा एक महिनाको अवधिमा मात्रै २० लाख नयाँ संक्रमित थपिएका छन् ।

भारतमा हालसम्म ३८ लाख ४८ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पनि ६७ हजार नाघेको छ ।

कोरोनाबाट बढी प्रभावित मुलुक अमेरिका र ब्राजिलमा पनि संक्रमण पुनः बढेको छ । पछिल्लो २४ घन्टामा अमेरिकामा ४० हजार बढी नयाँ संक्रमित थपिएका छन् भने ब्राजिलमा ४८ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

गएको साता अमेरिका र ब्राजिल दुबैको संक्रमण निकै घटेको थियो । अमेरिका, ब्राजिल र अमेरिका तीन वटै मुलुकको दैनिक मृत्युदर पनि १ हजारभन्दा बढी छ ।

विश्वमा पछिल्लो २४ घन्टामा मात्रै २ लाख ८२ हजारभन्दा बढी नयाँ संक्रमित थपिए । यो सँगै विश्वमा संक्रमित हुनेको संख्या २ करोड ६१ लाख नाघेको छ भने कोरोना संक्रमणकै कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८ लाख ६६ हजार बढी छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.