कलाकार र उद्यमीले खुवाए असहायलाई खाना

काठमाडौं– कोरोना भाइरसको महामारीका कारण खानपिनमा समस्या भएका असहायलाई नायिका बेनिसा हमालसहितका कलाकार उद्यमीले खाना खुवाएका छन् ।

महाकाल युवा समूहको अगुवाईमा लकडाउन भएदेखि खाद्यान्न सहयोग जुटाएर खाना खुवाउँदै आएको अभियानमा नायिका हमाल, सञ्चार उद्यमी एवं सिटिजन एफएमका संस्थापक विजन दुवाडीले खाद्यान्न वितरण गरेका हुन् ।

दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्दै आएका ५ सयभन्दा बढी मानिसहरु बसपार्कमा खाना खान भेला हुँदै आएका छन् । अपराह्न खाना खान भेला भएका केही व्यक्तिलाई नायिका हमाल र दुवाडीसहितको समूहले खाद्यान्न पनि वितरण गरेको थियो ।

‘भोकालाई भोजन प्यासीलाई पानी’ भन्दै खाना वितरण अभियान गर्दै आएको महाकाल युवा समूहलाई विभिन्न स्थानका समाजसेवीले सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.