स्थानीय तह र अस्पताललाई प्रदेश सरकारले दियो बजेट

विराटनगर- प्रदेश सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि आइसोलेशन निर्माण गर्न प्रदेश नं. १ का विभिन्न स्थानीय तह र अस्पतालहरुलाई १ करोड १० लाख रुपैयाँ रकम उपलब्ध गराएको छ । यसअघि प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट विभिन्न पालिका र अस्पतालहरुलाई १ करोड ६० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

मोरङ्गका सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिकालाई १०-१० लाख, धनपालथान गाउँपालिका, जहदा र कटहरी गाउँपालिकालाई ५-५ लाखका दरले आइसोलेसन केन्द्र स्थापना र सञ्चालनका लागि रकम पठाएको छ । यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १० लाख, गौरीगञ्ज र कमल गाउँपालिकालाई ५-५ लाख रकम पठाएको मुख्यमंत्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

जनसुरक्षा कोषबाट इलाम अस्पताललाई १० लाख, उदयपुर अस्पताललाई १५ लाख, झुम्का कारागारलाई १० लाख रकम पठाएको छ भने जिल्ला प्रशासन कार्यालय सुनसरीलाई १० लाख र प्रदेश प्रहरी कार्यालय परिसर भित्रको आइसोलेशन व्यवस्थापनका लागि प्रदेश प्रहरी कार्यालयलाई १० लाख रकम उपलब्ध गराएको छ ।

कोरोना जनसुरक्षा कोषमा प्रदेश सरकार, संघीय सरकार र विभिन्न संघ संस्था तथा व्यक्तिहरुले रकम उपलब्ध गराउँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.