पनौतीका किसानहरुलाई धान भित्र्याउने चटारो

काभ्रे- काभ्रे जिल्ला पनौती नगरपालिका खोपासीका किसान यतिखेर धान भित्रायाउने चटारोमा छन । सिँचाइ सुविधा पुगेका खोपासीका फाँटमा धमाधम धान भित्र्याउने चटारो सुरु भएको छ ।

कोरोना कहर चल्दै गर्दा खोपासीका फाँटमा धान भित्रायाउन किसान व्यस्त छन् । जिल्ला कै उब्जनी युक्त खोपासीको फाँटमा किसानले तीन बाली लगाउने गरेका छन । खोपासीस्थित जलविद्युतमा ल्याइएको पानीले बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध रहेको छ । सिँचाइका कारण यस भेगका किसानले समयमा नै धान रोप्ने गर्छन् । धान काटे लगत्तै आलु लगाउने छन् । यँहाका किसानहरुले प्रय जसो टाईचिन जातको धान जुन दशैको लागि चिउँराको लागि उपभोग गरिन्छ ।

कृषि ज्ञान केन्द्र काभ्रेका अनुसार यस बर्ष समय मै रोपाईँ र मौसम अनुकूल भएकाले धान उत्पादन बढ्नुपर्ने भएपनि मल अभाव, पोटा लाग्ने समयमा निरन्तर पानी परेर चिसो भएकाले धान उत्पादन घट्न सक्ने अनुमान गरेको छ । जिल्लामा ६१ हजार ५९८ हेक्टर कृषि योग्य भूमि रहेकामा ११ हजार ३३० हेक्टरमा भने धान खेती हुदै आएको कृषि ज्ञान केन्द्र काभ्रेले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.