लागुऔषध अफिम सहित दुई महिला पक्राउ

रोल्पा- रोल्पाको थबाङबाट प्रहरीले ९ किलो लागुऔषध अफिम सहित दुई महिलालाई पक्राउ गरेको छ ।

थबाङ गाउँपालिका-२ छेर्लाबाङमा लागु औषध ओसारपसार भईरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको टोलीले थबाङ गाउँपालिका-२ ठूलो गाउँ निवासी ३६ वर्षिया बिनज्योती रोका र सोही ठाउँकी ४५ वर्षीया मुली झाँक्रीलाई ९ किलो ८२ ग्राम अफिम सहित पक्राउ गरेको हो ।

झोला बोकेर बाटोमा हिंडिरहेको बेला शंकास्पद देखेर चेकजाँच गर्ने क्रममा रोकाको झोलामा ४ किलो ९ सय ग्राम र झाँक्रीको झोलामा ४ किलो ८ सय ग्राम अफिम भेटिएको जिल्लाप्रहरी कार्यालय रोल्पाका प्रवक्ता समेत रहेका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिनुभयो ।

यस्तै उनीहरुको साथबाट तराजु थान १, पाँच रुपैयाँको भारु सिक्का थान १, पचास पैसाको नेपाल सरकार लेखेको सिक्का थान ८, पच्चिस पैसाको नेपाल सरकार लेखेको सिक्का थान १ पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धान गरी जिल्ला अदालत रोल्पामा लागु औषध कारोबार विरुद्धको मुद्दा चलाइने प्रहरीले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.