पञ्जाबलाई हराउँदै मुम्बई अंक तालिकाको शीर्षस्थानमा

काठमाडौं- इन्डियन प्रिमियर लिग- आईपीएल टी-ट्वान्टी क्रिकेटअन्तर्गत गएराति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्स विजयी भएको छ ।

यूएईको शेख जायद रंगशालामा भएको खेलमा किङ्स इलेभेन पञ्जाबलाई ४८ रनले पराजित गर्दै मुम्बई प्रतियोगितामा आफ्नो दोस्रो जित हात पार्न सफल भयो ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ सन जोड्न सफल भयो । १ सय ९२ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रेको पञ्जाव आठ विकेटले गुमाउँदै १ सय ६३ रनमै सीमित हुन पुग्यो ।

मुम्बईको जितमा कप्तान रोहित शर्माले ७० रन र केइरन पोलर्डले ४७ रन जोडे । जितसँगै मुम्बई अंकतालिकाको शीर्ष स्थानमा पनि उक्लेको छ ।

यसैबीच आजको खेलमा गत वर्षको उपविजेता चेन्नई सुपरकिङ्स तथा सनराईजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने उक्त खेल नेपाली समयानुसार साँझ ७ बजेर ४५ मिनेटमा शुरू हुनेछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.