आईपीएलः सुपरकिङ्सलाई सात रनले हराउँदै सनराइजर्स विजयी

काठमाडौं- इन्डियन प्रिमियर लिग- आईपीएल टी-ट्वान्टी क्रिकेटअन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ ।

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा हैदरावादले गत वर्षको उपविजेता चेन्नई सुपरकिङ्सलाई मात्र सात रनले पराजित गर्न सफल भयो ।

प्रतियोगितामा हिजो आफ्नो दोस्रो जित हात पारेको हैदरावादले हालसम्म चार खेल खेल्दा दुईमा हार र दुईमा जित दर्ता गरेको छ । टस जितेपछि ब्याटिङ रोजेको हैदरावादले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १ सय ६४ सन जोड्न सफल भयो ।

१ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले ५ विकेटको क्षतिमा १ सय ५७ रन मात्र बनाउन सक्यो । चेन्नईलाई जितका लागि अन्तिम ओभरमा २८ रन चाहिएको थियो तर स्पीनर अब्दुल सामदले भने २० रन खर्चिदै हैदराबादलाई रोमाञ्चक जित दिलाए ।

अंकतालिकाको पुछारमा रहेको चेन्नईको यो लगातार तेस्रो हार हो । यसैबीच आजको खेलमा रोयल च्यालेञ्जर्स ब्याङ्ग्लोर तथा राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। शेख जायद रंगशालामा हुने उक्त खेल नेपाली समयानुसार साँझ ७ बजेर ४५ मिनेटमा शुरू हुनेछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.