आईपीएलः हिजोका खेलहरुमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स ब्याङ्ग्लोर विजयी

इन्डियन प्रिमियर लिग- आईपीएल टी-ट्वान्टी क्रिकेटअन्तर्गत हिजो भएका खेलहरूमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स ब्याङ्ग्लोर विजयी भएका छन् ।

यूएईको शेख जायद रंगशालामा भएको पहिलो खेलमा किङ्ग्स इलेभेन पञ्जाबलाई मात्र दुई रनले पराजित गर्दै कोलकाताले रोमाञ्चक जित दर्ता गर्‍यो ।

टस जितेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । पञ्जाबले भने ५ विकेट गुमाउँदै १ सय ६२ रन बनाउन सक्यो ।

अन्तिम ओभरमा पन्जाबलाई जितका लागि १४ रन आवश्यक थियो । तर, पन्जाबले अन्तिम ओभरमा थप एक विकेट गुमाउँदै मात्र ११ रन जोड्न सक्यो । जितसँगै कोलकाता अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै हिजै साँझ भएको अर्को खेलमा ब्याङ्ग्लोरले गत वर्षको उपविजेता चेन्नई सुपर किङ्ग्सलाई ३७ रनले हराउन सफल भयो। दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा ब्याङ्ग्लोरले दिएको १ सय ७० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो ।

ब्याङ्ग्लोरको जितमा कप्तान विराट कोहलीले अविजित रहँदै ९० रनको योगदान गरे । यो जितसँगै ब्याङ्ग्लोर तालिकाको चौंथो स्थानमा उक्लिएको छ ।

यसैबीच आईपीएलमा आजपनि दुई खेलहरू हुँदैछन् । नेपाली समायानुसार दिउँसो तीन बजेर ४५ मिनेटमा शुरू हुने पहिलो खेलमा सनराइजर्स हैदरवाद र राजस्थान रोयल्सबीच खेल हुँदैछ ।

त्यस्तै साँझ सात बजेर ४५ मिनेटमा शुरू हुने अर्को खेलमा साविक विजेता मुम्बई इन्डियन्स र नेपाली लेग स्पीनर सन्दीप लामिछाने आबद्ध क्लब दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.