आइपीएलः हिजोका खेलहरुमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्स बिजयी

काठमाडौं- इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको गएराती सम्पन्न खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटललाई हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा उत्रिएको छ ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा १६२ रन बनाएको थियो । १६३ रनको जितको लक्ष्य लिएर मैदानमा उत्रिएको मुम्बईले १९ दशमलव ४ ओभरमा ५ विकेटको क्षतिमा आफ्नो लक्ष्य पूरा गरेपछि यो खेल मुम्बईले ५ विकेटले जितेको हो ।

३६ रनमा ५३ रन जोडेवापत मुम्बईका क्यूनटन डे कक म्यान अफ म्याच घोषित भए । हिजो खेलमा पनि नेपाली क्रिकेटर सन्दिप लामिछाने भने मैदानमा उत्रिन पाएनन् । दुवै टिमले ७ खेलमा ५ जित निकाल्दा रनरेटका आधारमा मुम्बई इन्डियन फेरी तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

त्यस्तै हिजो सम्पन्न अर्को खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको हैदरावादले २० ओभरमा ४ विकेटको क्षतिमा १५८ रनको योगफल जोडेको थियो । १५९ रनलाई पछ्याउँदै ब्याटिङमा उत्रिएको राजस्तानले १ बल अगावै ५ विकेट गुमाएर आफ्नो लक्ष्य प्राप्त गरेपछि यो जित राजस्थानको हातमा गएको हो । राजस्थानको लिगको यो दोस्रो जित हो ।

आज साँझ सारजहाँ क्रिकेट स्टेडियममा हुने खेल भने रोयल्स च्यालेन्जर्स ब्याङ्लोर र कोलकाता नाइटराइडर्सबीच हुँदैछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.