दिल्ली क्यापिटल्स छैटौं जितसँगै शिर्ष स्थानमा

काठमाडौं- दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको छैटौ जित निकाल्दै शिर्ष स्थानमा उक्लिएको छ ।

गए राति सम्पन्न खेलमा दिल्लीले राजस्थानलाई १३ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको दिल्लीले ७ विकेटको क्षतिमा १ सय ६१ रनको लक्ष्य खडा गरेपछि , १ सय ६२ रनको जित लक्ष्य लिएर ब्याटिङमा उत्रिएको राजस्थान भने निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४८ रनमा समेटिएको थियो।

आफ्नो ४ ओभरमा ३३ रन खर्चिएर २ विकेट लिए बापत दिल्लीका बलर आनरिच नोर्टिए म्यान अफ द म्याच घोषित भए ।

यो खेलसँगै दिल्ली क्यापिटल्सले ८ खेलमा ६ खेल जित्दै १२ अंक सहित शिर्ष स्थानमा उक्लिएको छ ।

हिजोको खेलमा पनि नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई मैदानमा देख्न पाइएन ।

यसैबीच , आज साँझ रोयल्स च्यालेन्जर्स ब्याङलोर र किङस् इलेभेन पञ्जाबबीच शारजाह क्रिकेट स्टेडियमा खेल हुँदैछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.