सुपर ओभरमा कोलकता र किङ्स इलेभेन पञ्जाब विजयी

काठमाडौं- इन्डियन प्रिमियर लिग,आईपीएल अन्तर्गत हिजो भएका खेलहरूमा कोलकाता नाइट राइडर्स र किङ्स इलेभेन पन्जाब विजयी भएका छन् ।

दुवै खेलका निर्णयहरु सुपरओभरबाट गरिएका थिए।

खेल बराबरीमा टुङ्गिएपछि सुपरओभर खेलाइएकोमा कोलकाताले सनराइजर्स हैदराबाद तथा पञ्जाबले साविक विजेता मुम्बई इन्डियन्सलाई हराउन सफल भएका हुन्।

जितसँगै कोलकाताले १० अंक जोडेको छ।

त्यस्तै हिजो साँझ दुबाई अन्तराष्ट्रिय क्रिकेट रंगशालमामा मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो।

जितसँगै पञ्जाब ६ अंक जोडेर तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।

यसैबीच आईपीएलमा आज साँझ सात बजेर ४५ मिनेटमा चेन्नई सुपरकिङ्स र राजस्थान रोयल्सबीच खेल हुँदैछ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.