सुरु भयो खेल गतिविधि (भिडियो रिपोर्ट)

काठमाडौं– कोरोना भाइरसले लामो समयदेखि प्रभावित पारेको खेलकुद गतिविधि नेपाल बंगलादेशबीच हुने मैत्रीपूर्ण फुटबलको प्रशिक्षणसँगै सुरु भएको छ । विश्वकप छनौट तयारीका लागि नेपाल र बंगलादेशबीच आगामी यहि महिना एउटा र मंसिरमा अर्को खेल हुँदै छ ।

विश्वकप छनौट तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले बंगलादेशसँग ढाकामा पहिलो मैत्रीपूर्ण खेल आगामी कात्तिक २८ गते र दोस्रो मंसिर २ गते खेल्दै छ । यसका लागि अखिल नेपाल फुटबल संघ एन्फाले खेलाडीहरुलाई प्रशिक्षण दिन थालेको छ । २०७२ को भूकम्पपछि राष्ट्रिय टोलीलाई पहिलोपटक त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रशिक्षण दिइएको हो । यसक्रममा हरेक दिन खेलाडीलाई आवश्यक स्वास्थ्य मापदण्ड अपनाई प्रशिक्षण दिइएको छ । प्रत्येक खेलाडीलाई व्यवसायिक र प्राविधिक अभ्यासमा संलग्न गराईएको छ ।

योसँगै कोरोना भाइरस सङक्रमणका कारण लामो समयदेखि बन्द भएको फुटबल गतिविधि पनि सूचारु भएको छ । नेपालले मुख्य प्रशिक्षणको जिम्मा पूर्व राष्ट्रिय खेलाडी बाल गोपाल महर्जनलाई दिएको छ । यसैगरी टोलीको सहायक प्रशिक्षकको जिम्मेवारीमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् । तर प्रशिक्षण सुरु भएको पहिलो दिन नै राष्ट्रिय टोलीका चार जना खेलाडीमा सङक्रमण देखिएको एन्फाले जनाएको छ ।

फुटबलको विश्व बरियातामा नेपाल १७० र बंगलादेश १८७ मा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.