जिम्बाबेसँग पाकिस्तानको जीत

पाकिस्तानले घरेलु मैदानमा भएको जिम्बावेसँगको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पहिलो जीत दर्ता गरेको छ ।

रावलपिन्डीमा भएको खेलमा पाहुना टोलीलाई २६ रनले पराजित गर्दै पाकिस्तानले पहिलो जीत दर्ता गराएको हो । पाकिस्तानले दिएको २ सय ८२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बावे ४९ ओभर ४ बलमा अलआउट हुँदै २ सय ५५ रनमा समेटियो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो । जितसँगै पाकिस्तानले ३ खेलको सिरिजमा १(० को अग्रता बनाएको छ ।

दुई टोलीबीचको दोस्रो एकदिवसीय आइतबार हुनेछ । एकदिवसीय सिरिज पछि पाकिस्तानले जिम्बावेसँग ३ खेलको टी(ट्वान्टी सिरिज खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.