स्पेजियालाई चार गोलले हराउँदै यूभेन्ट्स विजयी

इटालियन फुटबल लिग सेरि आ अन्तर्गत गएराति भएको खेलमा साविक विजेता यूभेन्ट्स विजयी भएको छ।

यूभेन्ट्सले स्पेजियालाई एकका विरुद्ध चार गोल अन्तरले पराजित गरेको हो। यूभेन्ट्सको जितमा हालै कोरोनाभाईरसको संक्रमणबाट निको भई मैदान फर्केका क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने अल्भारो मोराटा र एड्रियन राबिओटले एक एक गोल गरे । जितसँगै यूभेन्ट्स १२ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा पुगेको छ। सिरी ‘ए’ अन्तर्गत नै हिजै भएको अर्को खेलमा एसी मिलानले उडिनिजेलाई एकका विरुद्ध दुई गोलले पराजित गर्योए। मिलानलाई जित दिलाउन फ्रान्क केईसी र ज्लातन इब्राहिमोबिचले एक एक गोल गरे ।

खेल १-१ गोलको बराबरीमा चलिरहेका बेला ८३ औं मिनेटमा इब्राहिमोविचले गोल गरेपछि मिलान विजयी भएको हो। जितसँगै मिलानले ६ खेलबाट १६ अंक जोड्दै शीर्ष स्थानमा समेत उक्लिएको छ । दोस्रो स्थानमा रहेको सास्सुओलो र मिलानबीच ४ अंकको मात्र दूरी रहेको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.