चेन्नाई र राजस्थानको आईपीएल यात्रा टुंगियो

काठमाडौं- आईपीएल क्रिकेट अन्तर्गत हिजो भएका खेलहरुमा कोलकता नाइट राइडर्स र चेन्नेई सुपर किंग्स् बिजयी भए ।

हिजोको  पहिलो खेलमा किंग्स इलेभेन पञ्जाजलाई चेन्नाइले ९ विकेटले पराजित गरेको थियो । आबुधाबीमा भएको लिग चरणको अन्तिम खेलमा पञ्जावले दिएकव १५४ रनको लक्ष्यलाई चेन्नाईले एक विकेटको क्षतिमा १८.५ ओभरमा पुरा गरेको थियो ।

इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफ दौडमा रहेको किंग्स इलोभन पञ्जाबलाई चेन्नाई सुपर किंग्सले ९ विकेटले पराजित गरेको छ ।

अबुधाबीमा भएको लिग चरणको आफ्नो अन्तिम म्याचमा आइतबार पञ्जाबले दिएको १५४ रनको लक्ष्य चेन्नाईले एक विकेटको क्षतिमा १८.५ ओभरमा पुरा गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले ६ विकेट गुमाएर जम्मा १५३ रन जोडेको थियो ।

चेन्नाईलाई पराजित गर्न सकेको भए पञ्जाबको १४ अंक हुने थियो । हारपछि प्लेअफ दौडबाट बाहिरिएको चेन्नाई र पञ्जाबको समान १२–१२ अंक भएको छ ।

पञ्जाबको पराजयले एक–एक म्याच खेल्न बाँकी हुँदा १४–१४ अंक सहित दोस्रो र तेस्रो स्थानमा रहेका रोयल च्यालन्जर्स बैंगलौर र दिल्ली क्यापिटललाई भने राहत पुग्ने देखिएको छ । पञ्जाबको बहिर्गमनपछि बैंगलौर र दिल्लीमध्ये एकको हारका बावजुद पनि प्लेअफ सम्भावना जीवित रहन्छ ।

यसैगरी हिजो भएको दोश्रो खेलमा कप्तान इयान मोर्गानको उत्कृष्ट ब्याटिङ र पेट कमिन्सको कसिलो बलिङको मद्दतमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ६० रनले हरायो ।

कोलकाताले दिएको १९२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सक्यो ।

कोलकाताका लागि पेट कमिन्सले चार विकेट लिए । शिवम माझी र वरुण चक्रवर्तीले दुई–दुई विकेट लिए ।

जितसँगै कोलकाताले जारी आईपीएलको प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । यो जितसँगै कोलकाता आठौं स्थानबाट उक्लिएर चौथो नम्बरमा पुगेको छ । राजस्थानको यात्रा भने यहीँबाट टुंगिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.