गण्डकी प्रदेश सरकारले प्रकाशन गर्‍यो कानून संग्रह

पोखरा– गण्डकी प्रदेश सरकारले प्रदेशसभाबाट हालसम्म पारित कानूनहरुलाई सङ्ग्रह पुस्तकका रुपमा प्रकाशन गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले विभिन्न चारखण्डमा विभाजन गरी प्रकाशनमा ल्याएको चारवटा सङ्ग्रह पुस्तकको शुक्रबार आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले विमोचन गर्नुभयो । गण्डकी प्रदेशसभा गठनपछि सभाबाट हालसम्म ४६ ऐन पारित भएकामा त्यसमध्ये ४४ वटा पुस्तकमा समावेश गरिएको छ ।

प्रदेशले पारित गरेका ऐन कानून स्थानीय तह, अदालतलगायतका कानून कार्यान्वयन गर्ने एकाईमा नपुग्दा प्रदेश कानूनका बारेमा ती निकाय बेखबर बन्ने अवस्था आउन नदिन सङ्ग्रह प्रकाशनमा ल्याइएको मन्त्री चुमानले बताउनुभयो ।

मन्त्री चुमानले प्रदेश सरकारलाई आवश्यक पर्ने ऐन कानूनहरु निर्माण गरिसकेको बताउँदै कतिपय कार्यान्वयनको क्रममा संशोधन आवश्यक रहेको पनि त्यस बखत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.