नवदुर्गा गाउँपालिकाले खेल मैदान निर्माण सुरु

डडेलधुरा– एक स्थानीय तह एक खेलमैदानको नीति अवलम्वन गर्दै डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिकाले खेल मैदान निर्माण गर्न सुरु गरेको छ ।

गाउँपालिकाले नवदुर्गा–१ को चोरामा गाउँपालिका स्तरीय खेल मैदान निर्माण गर्नेक्रममा अहिले मैदानलाई सम्याउने काम गरिरहेको छ । गत आर्थिक वर्षमा संघीय सरकारले प्रदान गरेको करिव ५० लाख रुपैयाँबाट मैदानलाई घेरबार लगाउने भएको वडा नम्वर १ का वडा अध्यक्ष भीम बोहराले जानकारी दिनुभयो ।

मैदान बनाउनकालागि डीपीआर बनाउने काम समेत भइरहेको र यसबाट स्थानीय तहमा खेल गतिविधिलाई बढाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.