इरानका बरिष्ठ आणविक वैज्ञानिकको हत्या

इरान– इरानका बरिष्ठ आणविक वैज्ञानिक मोहसेन फक्रिजादको राजधानी तेहरान नजिकै हत्या भएको त्यहाँको रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

इरानको दमाभान्द काउन्टीमा विना कारण आक्रमण गरिएका वैज्ञानिक फक्रिजादको अस्पतालमा निधन भएको जनाइएको छ । इरानका परराष्ट्रमन्त्री मोहम्मद जावद जरिफले सो हत्यालाई राज्य आतंकको कार्य भएको भन्दै निन्दा गर्नुभएको छ ।

पश्चिमा गुप्तचरी निकायहरुले फक्रिजाद गोप्य इरानी आणविक हतियार कार्यक्रमका मुख्य व्यक्तिका रुपमा रहेको बताएका छन् । आणविक वैज्ञानिक फक्रिजाद इरानी आणविक कार्यक्रम तथा बमका पिता रहेको बताइन्छ । सैन्य पोसाकमा आएका आतंककारीले वैज्ञानिक मोहसेन चढेको गाडीलाई निसाना बनाएका थिए ।

केहीबेर आतंकारी र वैज्ञानिक मोहसेनका सुरक्षा गार्डबीच भिडन्त भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.