बुन्डेशलिगामा बायर्न म्युनिखको विजयी शुरुवात

काठमाडौं- जर्मन फुटबल लिग बुन्डेशलिगामा गएराति भएको खेलमा साविक विजेता बायर्न म्युनिख विजयी भएको छ।

स्टुटगार्डलाई उसकै मैदानमा भएको खेलमा एकका विरुद्ध तीन गोलले पराजित गर्दै बायर्नले जित निकालेको हो।

टानगोए क्याउलिबलीले खेलको २० औं मिनेटमा गोल गरेपछि स्टुटगार्डले अग्रता लिएको थियो तर बायर्नका किंग्सले कोम्यानले गोल फर्काएपछि खेल १-१ गोलको बराबरीमा पुगेको थियो।

त्यसपछि रोबर्ट लेवान्डोस्की ‍र डुग्लास कोष्टाले गोल गर्दै बायर्नलाई ३-१ को जित दिलाए ।

जितसँगै शीर्ष स्थानमा रहेको बायर्नले ९ खेलबाट २२ अंक जोडेको छ । त्यस्तै हिजै भएको अर्को खेलमा आर्मिनिया बिलेफिल्डलाई एकका विरुद्ध दुई गोलले पराजित आरबी लेप्जिग विजयी भएको छ।

जितसँगै लेप्जिग अंकतालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ। शीर्ष स्थानको बायर्न र लेप्जिगबीच अहिले दुई अंकको मात्र दूरी रहेको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.