ट्रम्प समर्थकहरुद्वारा क्यापिटल भवनभित्रै छिरेर हंगामा, १ जनाको मृत्यु

अकेरिका- राष्ट्रपतिको कार्यकाल सकिनै लाग्दा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरू क्यापिटल भवनमा अचानक प्रवेश गरी आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।

अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला ट्रम्प समर्थकहरुले हङ्गामा गरेका हुन् ।

सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल भवनभित्र प्रवेश गरेका थिए। त्यसपछि बहस रोक्नु परेको थियो।

ट्रम्प समर्थकहरू चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका थिए । हिंसा बढेपछि जो बाइडनले जित हासिल गरेको घोषणा गर्ने सम्बन्धी बहस हाललाई रोकिएको छ ।

तर अमेरिकी संसद कँग्रेसले आजै राति यस विषयमा छलफल गरी टुंग्याउने जनाइएको छ ।

पर्याप्त आधार र समर्थन विना नै रिपब्लिकनहरुले केही राज्यहरूमा निर्वाचनको नतिजा उल्टाउने खोजेका थिए ।

नव निर्वाचित राष्ट्रपति निर्वाचित जो बाइडनले हिंसात्मक गतिविधिमा संलग्न आफ्ना समर्थकहरुलाई तत्काल हटाउन ट्रम्पलाई आग्रह गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले आफ्ना हिंस्रक समर्थकहरूलाई घर जान आह्वान गरेपनि चुनाव चोरी भयो भन्दै झुटो दाबी भने दोहोर्‍याउनु भएको थियो ।

यसैबीच अमेरीकाको माथिल्लो सदन सिनेटमा पनि डेमोक्र्याटिक पार्टीको बहुमत भएको छ । जर्जियामा हालै घोषणा गरिएको निर्वाचनमा दुवै सिटमा डेमोक्र्याटिक उमेद्वार विजयी भएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.