बिगव्यास लिगमा होबार्ड हेरिक्यान्स ३९ रनले पराजित, सन्दिप १ विकेट लिन सफल

काठमाडौं- विग ब्यास लिगको ३१‍औं खेलमा सिड्नी थन्डरले होवार्ड हेरिकेन्सलाई ३९ रनले पराजित गरेको छ ।

हिजो सम्पन्न खेलमा जीतका लागि १ सय ६८ रनको विजय लक्ष्य पछ्याएको होवार्टले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २८ रनमा समेटिएपछि यो जीत सिड्नीको पोल्टामा गएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको सिड्नीले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६७ रन बनाउन सफल भएको थियो ।

नेपाली क्रिकेटर सन्दिप लामिछानेले आफ्नो व्यक्तिगत चार ओभरमा २३ रन खर्चेर १ विकेट लिन सफल भए । आठौं ओभरको चौथो बलमा सन्दिपले सिड्नीका क्याप्टेन कालुम फर्गुसनलाई १ रनमा क्याच गराउँदै पहिलो विकेट हात पारे ।

सन्दिपले यसअघि पहिलो खेलमा मेलवर्न स्टार्सविरुद्ध चार ओभरमा ३८ रन खर्चेर २ विकेट लिएका थिए । त्यसैगरी दोस्रो खेलमा पनि स्टार्स विरुद्ध नै चार ओभरमा ३६ रन खर्चेर १ विकेट लिन सफल भएका थिए । समग्रमा सन्दिप ३ खेलमा ४ विकेट लिन सफल भइसकेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.