ढाका म्याराथनमा पुष्पालाई स्वर्ण पदक

ढाका– नेपाली धाविका पुष्पा भण्डारीले बंगलादेशको ढाकामा भएको म्याराथनमा बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण पदक जितेकी छन् ।

पुष्पा दक्षिण एसिायली राष्ट्रमा पहिलो भएकी हुन् । उक्त स्पर्धामा विभिन्न ३ राष्ट्रका १२ खेलाडी सहभागी थिए । महिलातर्फ निर्धारित दूरी पुष्पाले २ घण्टा ५९ मिनेट ३ सेकेन्डमा पूरा गरिन् ।

पुष्पाले २०७६ साल मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद सागमा रजत जितेकी थिइन् । म्याराथनमा पुरुषतर्फ १३ औं सागका स्वर्ण विजेता किरणसिंह दक्षिण एसियाली राष्ट्रमा चौथो भए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.