स्पेनिश सुपर कपः उपाधीका लागि बार्सिलोना र बिलबाओ सोमबार भिड्दै

साविक विजेता रियल म्याड्रिड एथलेटिको बिलबाओसँग पराजित भएको छ । आज बिहान सम्पन्न स्पेनिस सुपरकपको दोस्रो सेमिफाइनलमा एघारौंपटकको विजेता रियल म्याड्रिडलाई पछि पार्दै एथलेटिकोले फाइनलमा आफ्नो स्थानमा बनाउन सफल भएको छ ।

खेलको पहिलो हाफको नवौं मिनेटबाटै अग्रता कायम गरेको बिलबाओले खेलको ३९औं मिनेटमा दोस्रो गोल गरेपछि रियल पछि परेको हो ।

रियलका लुकासले गरेको फलका कारण बिलबाओले पाएको पेनाल्टीलाई राहुलले गोलमा परिणत गरेपछि पहिलो हाफ २-० मा रहेको थियो ।

दोस्रो हाफको ७३औं मिनेटमा रियल म्याड्रिडका करिम वेन्जेमाले एक गोल गरेपछि खेलमा लय फर्काउने प्रयास गरेपछि रियल म्याड्रिडले दोस्रो गोल भने गर्न सकेन ।

अन्तिम समयको समाप्तीसँगै खेल २-१ ले टुङ्गिएको थियो । यस खेलको विजेता उपाधीका लागि बिलबाओले अब सोमबार राती बार्सिलोनासँग फाइनलमा आमनेसामने गर्नेछ । १३औं पटकको विजेता बार्सिलोना भने रियल सोसिडाडलाई हराउँदै फाइनलमा पुगिसकेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.