अमेरिकाका ५० वटै राज्यमा उच्च सुरक्षा सतर्कता

वाशिङ्टन- अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडनको आगामी बुधबार हुने पद बहालीमा हुनसक्ने सम्भावित सशस्त्र द्न्द्वलाई मध्यनजर गर्दै अमेरिकाका ५० वटै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

गएको जनवरी ६ मा अमेरिकी संसद क्यापिटोल भवनमा जस्तै हिंसात्मक घटना हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै देशभरिबाट वासिङ्टन डिसीमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

एफबीआईले ५० वटै राज्यका राजधानीहरुमा राष्ट्रपति डोनाल्ड ट्रप्पका समर्थकहरुले सशस्त्र प्रदर्शन गर्न सक्ने भन्दै सचेत गराएको छ । राष्ट्रपतिमा निर्वाचित बाइडनको पद पहालीको केही दिन मात्रै बाँकी रहेकाले वासिङ्टन डिसीस्थित नेसनल मल बन्द गरिएको छ ।

राजधानी डिसीका सडक र गल्लीहरुमा कडा सुरक्षा व्यवस्था गरिएको छ । हिजो मात्रै प्रहरीले भर्जिनियाका एक पुरुषले २ वटा हाते बन्दुक र ५ सय ९ राउण्ड गोली अनधिकृत रुपमा सुरक्षा छली गरी लैजाँदै गरेको अवस्थामा फेला पारेको पुष्टि गरेको छ ।

वाइडनले भने कोरोना महामारीका कारण पद पहालीमा सर्वसाधारण र समर्थकहरुलाई वासिङ्टन नआउन पहिले नै आग्रह गरिसक्नु भएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.