हारसँगै बार्सिलोना स्तब्ध

स्पेनिश सुपरकपको फाइनलमा बार्सिलोना एथलेटिक्स बिलबाओसँग पराजित भएको छ । आज बिहान सम्पन्न सुपरकपको फाइनलमा १३औं पटकको विजेता बार्सिलोना बिलबाओसँग २-३ गोलले पराजित भएको हो ।

पहिलो हाफमा १-१ गोलको बराबरीमा रोकिएको बार्साले दोस्रो हाफको ७७औं मिनेटमा अर्को गोल गर्दै खेलमा अग्रता कायम गरेको थियो ।

खेलको अन्तिम समय ९०औं मिनेटमा बिलबाओले एक गोल गर्दै २-२ गोलले बराबरीमा पुर्‍याएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको ९४औं मिनेटमा बिलबाओका विलियम्सले गरेको गोल निर्णायक बन्न पुग्‍यो ।

चोटका कारण सेमिफाइनल गुमाएका लिओनल मेस्सीले फाइनलमा भने अतिरिक्त समयको १२०औं मिनेटमा रातो कार्ड पाएपछि बार्सा झनै कमजोर भएको थियो ।

साविक विजेता रियल मेड्रिडलाई बिलबाओले सेमिफाइनलमै एकका विरुद्ध दुई गोलले पछि पार्दै फाइनलसम्म आइपुगेको हो । यो हारसँगै बार्सिलोना स्तब्ध बन्न पुगेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.