आर्सनल बिजयी

इङ्लिस प्रिमियर लिगअन्तर्गत आज बिहान सम्पन्न खेलमा आर्सनल बिजयी भएको छ । आफ्नै घरेलु मैदानमा भएको खेलमा आर्सनलले न्यू क्यासललाई शून्यका विरुद्ध तीन गोलले पराजित गरेको हो ।

पछिल्लो पाँच खेलमा अपराजित रहेको आर्सनलले यो छैटौं खेलको यात्रालाई पनि जितमा परिणत गरेको छ । पहिलो हाफसम्ममा बराबरीमा खेलेको न्यू क्यासलले दोस्रो हाफमा भने आफूलाई गोल खानबाट बचाउन सकेन ।

खेलको पचासौं मिनेटमा गरेको गोलले लिएको अग्रतालाई आर्सनलले अन्त्यसम्ममा तीन गोलको फराकिलो जीत निकालेको हो । यो जीतसँगै आर्सनल २७ अं‌कसहित एक स्थानमाथि उक्लदै दशौं स्थानमा आइपुगेको छ ।

आजै साँझ हुने अर्को खेलमा भने वेष्टह्‍याम आफ्नो घरेलु मैदानमा वेष्ट ब्रोमलाई पराजित गर्दै दुई खुड्किलो माथि उक्लिने दाउमा छ । म्यानचेष्टर युनाइटेड भने इङ्लिस प्रिमियर लिगमा ३७ अंकसहित शीर्ष स्थानमा रहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.