लेस्टर सिटी इङ्लिस प्रिमियर लिगको अग्रस्थानमा

लेस्टर सिटी इङ्लिस प्रिमियर लिगको अग्रस्थानमा उक्लिएको छ । आज बिहान सम्पन्न खेलमा लेस्टरले चेल्सीलाई पराजित गर्दै शीर्ष स्थानमा पुग्न सफल भएको हो ।

आफ्नो घरेलु मैदानमा भएको खेलमा लेस्टरले पहिलो हाफबाटै २ गोलको अग्रतालाई कायम राख्दै शुन्यका विरुद्ध दुई गोलले जीत निकालेको हो । यो जीतसँगै लेस्टर म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै ३८ अंकसहित पहिलो स्थानमा उक्लिएको छ ।

गएराती सम्पन्न अर्को खेलमा वेष्ट ह्‍यामले आफ्नो घरेलु मैदानको फाइदा उठाउँदै वेष्ट ब्रोमलाई एक गोलका विरुद्ध दुई गोलले पराजित गर्दै दुई खुड्किलो माथि सातौं स्थानमा उक्लिएको छ ।

लिड्स र साउथ ह्‍याम्पटनको खेल भने केही खेलाडीहरुमा कोभिड- १९ देखिएकोले रद्द भएको छ ।

आज साँझ भने म्यानचेष्टर सिटी र एस्टन भिल्ला आमनेसामने गर्दैछन् । म्यानचेष्टर सिटी आफ्नो घरेलु मैदानमा जीत निकाल्दै लेस्टर सिटीलाई पछि पार्दै अंक तालिकाको अग्रस्थानमा उक्लने दाउमा मैदानमा उत्रदैछ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.