लिड्स युनाइटेड उल्भ्ससँग पराजित

केही दिनको विश्रामपछि इङलिस प्रिमियर लिगको २५औँ चरणका खेलहरु शुरु भएका छन् । आज बिहान सम्पन्न खेलमा लिड्स युनाइटेड उल्भ्ससँग पराजित हुन पुगेको छ ।

उल्भ्सको घरेलु मैदानमा सम्पन्न खेलमा लिड्स युनाइटेड शुन्यका विरुद्ध १ गोलले पराजित भएको हो । पहिलो हाफ गोल रहित बराबरीमा खेलेको उल्भ्सले दोस्रो हाफको ६४औँ मिनेटमा आलान मिसलियरले गरेको ऊवल नै निर्णायन गोल बन्न पुग्यो । यो जितसँगै उल्भ्स लिड्स युनाइटेडलाइ पछाडि पार्दै अंक तालिकामा ११ औँ स्थानमा उक्लिएको छ ।

यसैगरि, प्रिमियर लिगका अन्य तीन खेलहरु आज साँझ खेलिदैछन् । जसमा साबिक विजेता लिभरपुलले आफ्नै घरेलु मैदानमा इभर्टनसँग आमनेसामने गर्दैछ । यस्तै ,चेल्सीले साउथह्याम्टनसँग उसैको घरेलु मैदानमा जीत निकाल्ने दाउमा मैदानमा उत्रिदैछ भने वर्नलीले पनि आफ्नो घरेलु मैदानको फाइदा उठाउँदै वेष्टब्रुमलाइ हराउने रणनितिका साथ आमनेसामने गर्दैछ । प्रिमियर लिगको शिर्ष स्थानमा भने ५६ अंक सहित म्यानचेस्टर सिटि रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.