लिभरपुर एभर्टनसँग पराजित

इंग्लिस प्रिमियर लिग फुटबलको गएराति भएको खेलमा साविक विजेता लिभरपुर एभर्टनसँग पराजित भएको छ।

लिभरपुलको घरेलु मैदानमा भएको खेलमा एभर्टनले लिभरपुललाई शून्यका विरुद्ध दुई गोलले पराजित गर्‍यो। एभर्टनले सन् १९९९ यता पहिलो पटक लिभरपुललाई पराजित गर्न हराउन सफल भएको हो । खेलको पहिलो तीन मिनेटमै रिचर्डलिसनको गोलबाट अग्रता लिएको एभर्टनका लागि ८३ औँ मिनेटमा जी सिगर्डसनले पेनाल्टीमार्फत् अर्को गोल गर्न सफल भए।

हालसम्म २५ खेल खेलेको लिभरपुल ४० अंक जोडेर छैटौं स्थानमा रहेको छ भने हिजोको जितपछि तीन अंक बटुल्दै एभर्टनले अंक बढाउँदै ४० पुर्याएको छ। एभर्टन भने सातौँ स्थानमा रहेको छ। प्रिमियर लिग अन्तर्गत नै हिजो चेल्सी र साउथह्याम्पटनबीच भएको खेल बराबरीमा सकिएको छ। साउथह्याम्टनको घरेलु मैदानमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.