नाभाल्नीको जेल सजाय विरुद्ध गरेको अपिल खारेज

रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीले जेल सजाय विरुद्ध गरेको अपिललाई रूसको एक अदालतले शनिबार खारेज गरेको छ ।

नाभाल्नीलाई सन् २०१४ मा जेल सजायको क्रममा नियम उल्लङ्घन गरेको आरोप लगाइएको छ । नाभाल्नी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक हुनुहुन्छ । नाभाल्नी माथि पुटिन सरकारले राजनीतिक प्रतिशोधका कारण पटक पटक दुःख दिने गरेको आरोप छ । घातक विष सेवन गराएपछि गम्भीर बिरामी पर्नुभएका नाभाल्नी जर्मनीमा करिब पाँच महिना लामो उपचारपछि गत महिना रूस फर्किनुभएको थियो । रुस फर्के लगत्तै नाभाल्नीलाई पक्राउ गरिएको थियो ।

नेता नाभाल्नीले आफूलाई विष सेवन गराउने कार्यका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको आरोप लगाउँदै आउनुभएको छ । साथै आफूमाथि लगाइएको आरोपहरू बनावटी भएको उहाँको दाबी छ । रूसी राष्ट्रपति पुटिनले भने यसमा आफ्नो कुनै संलग्नता नरहेको बताउनु भएको छ । नाभाल्नीको रिहाइका लागि यूरोपेली मानव अधिकार अदालत (ईसीएचआर) ले दबाव दिइरहेको समयमा रुसको अदालतले नभाल्नीको अपिललाई खारेज गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.