इन्टरमिलानको सानदार जीत

इटालियन सिरिएको मिलान डर्बीमा इन्टरमिलानले एसीमिलानमाथि सानदार जीत निकालेको छ । गएराती सम्पन्न शीर्ष दुई टोलीबीच भएको रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा इन्टर ३-० ले बिजयी भएको हो ।

पहिलो हाफको पाँचौं मिनेटमा इन्टरका फरवाड लुकाकुको पासमा मार्टिनेजले गोल गर्दै खेललाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको ५७औं मिनेटमा मार्टिनेजले नै अर्को गोल थप्दै दोब्बर बनाएका थिए ।

६६औं मिनेटमा इन्टरका लुकाकुले तेस्रो गोल गरेपछि एसीमिलानको केही चल्न सकेन । यसपटकको सिरिएमा इन्टर र मिलानको प्रतिस्पर्धाले खेल रोचक बनेको छ ।

साविक विजेता युभेन्टस भने यसपटक मिश्रित खालको प्रदर्शनले दौडमा केही पछि परेको छ । यो जीतसँगै इन्टरमिलान २२ खेलबाट ५३ अंकसहित शीर्ष स्थानमा छ भने एसीमिलान ४९ अंकसहित दोस्रो स्थानमा रहेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.