युभेन्टस ३-० गोल अन्तरले बिजयी

क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान सम्पन्न खेलमा युभेन्टसले क्रोटोनीलाई शुन्यका विरुद्ध ३ गोलको सानदार जीत निकालेको हो ।

पहिलो हाफको ३८औं मिनेटमा एलेक्सको पासमा रोनाल्डोले पहिलो गोल गर्दै अग्रता कायम गरेका थिए । पहिलो हाफकै अतिरिक्त समयमा आरोन राम्सेको पासमा रोनाल्डोले फेरी अर्को गोल थपेपछि अग्रता दोब्बर भएको थियो ।

दोस्रो हाफको ६६औं मिनेटमा वेस्टन म्याकेनीले तेस्रो गोल गरेपछि युभेन्टसले ३-० ले यो खेल आफ्नो पक्षमा पारेको हो ।

आफ्नो घरेलु मैदानमा भएको खेलमा पोर्चुगिज फरवाड क्रिष्टियानो रोनाल्डो म्यान अफ द प्लेयर घोषित भए ।

यो जीतसँगै युभेन्टस २२ खेलमा ४५ अंकसहित रोमालाई पछि पार्दै अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । पहिलो र दोस्रो स्थानमा भने क्रमशः इन्टरमिलान र एसीमिलान रहेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.