च्याम्पियन लिगमा वायर्न म्यूनिखको सानदार जीत

च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम १६ को पहिलो लेगमा वायर्न म्यूनिखले लाजियोलाई उसैको घरेलु मैदानमा ४-१ को फराकिलो जीत निकालेको हो ।

खेलको पहिलो हाफको नवौं मिनेटमा लेवान्डोस्कीले गरेको गोलबाट अग्रता कायम गर्न सुरु गरेको वायर्नले पहिलो हाफको समाप्तीसँगै ३-० ले लाजियोलाई पछि पारेको थियो ।

दोस्रो हाफमा अर्को एक गोल खाँदै ४-० को पछि परेको लाजियोले खेलको ४९औं मिनेटमा सान्तवना गोल गरेको थियो ।

त्यसैगरी आज बिहान सम्पन्न अर्को खेलमा एट्लेटीको म्याड्रिड चेल्सीसँग स्तब्ध बन्न पुगेको छ । आफ्नै घरेलु मैदानमा एट्लेटिको म्याड्रिड चेल्सीसँग शून्यका विरुद्ध एक गोलले पराजित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा खेलेको चेल्सीले दोस्रो हाफको ६८औं मिनेटमा गोल गरेपछि यो गोल नै निर्णायक गोल बन्न पुग्यो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.